नवौं राष्ट्रिय खेलकुद: महिला भलिबलमा क्वाटरफाइनलको समिकरण पुरा
पाेखरा | असोज ३०, २०७९
पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको पहिलो चरणको प्रतिस्पिर्धा आइतबार सकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेश र कर्णाली प्रदेश पहिलो चरणको खेलबाट बाहिरिएका छन् । वेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।
आइतबार शसस्त्र प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेका थिए । शसस्त्रले सेनालाई ३–१ र बागमतीले मधेशलाई सोझो तीन सेटले पराजित गरेको हो । खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए ।
विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् ।
ललिता महतको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेश प्रदेशको टोलीलाई २५–६, २५–८ र २५–७ को फराकिलो अन्तरमा पराजित गरेको छ । एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा वि।क।लाई आइतबारको खेलमा वमेन अफ द म्याच घोषणा गरिएको छ ।
चार वटा समुहबाट आठ टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । तीन÷तीन टिम रहेको समूह (ए)बाट शसस्त्र र त्रिभुवन आर्मी तथा (वि)बाट बागमती र लुम्वीनी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए । उनका अनुसार दुई÷दुई टिम रहेको समुह (सि)बाट नेपाल पुलिस क्लव र (डि)बाट गण्डकी प्रदेश क्वाटर फाइनल प्रवेश गरेको ले जानकारी दिए ।
सोमबारदेखि शुरु हुने क्वाटर फाइनलको पहिलो खेल समूह (ए)को बिजेता शसस्त्र र समुह (सि)को उपविजेता लुम्वीनी प्रदेश बीच हुने प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले बताए । समुह (बि)को बिजेता बागमती र समुह (डि)को उपबिजेता सुदुरपश्चिम तथा समुह (सि)को विजेता नेपाल पुलिस क्लव र समूह (ए) को उपविजेता सेनाको प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
सोमबारनै क्वाटर फाइनलको अन्तिम खेल समुह डिको बिजेता गण्डकी र समुह (बि)को उपबिजेताबीच हुने भएको छ । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

